← समाचारमा फर्कनुस्
Cricket Oct 17, 2025 · Swadesh

च्याम्पियन हुन् नेपाल समाओविरुद्ध खेल्दै

च्याम्पियन हुन् नेपाल समाओविरुद्ध खेल्दै

एसिया र इस्ट एसिया प्यासिफिकको ट्वान्टी ट्वान्टी विश्वकप छनोटको सुपर–सिक्समा नेपाल अहिलेसम्मकै सबैभन्दा बलियो टिम हो भने समाओ सबैभन्दा कमजोर । नेपाल चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा छ । नेपाल अहिलेसम्म अपराजित पनि छ ।

 

त्यति मात्र होइन्, नेपाल अबको विश्वकपका लागि छनोट पनि भइसकको छ । अर्कोतर्फ प्रतियोगितामा चुनौती समाप्त भइसकेको समाओ चार खेलबाट शून्य अंक छ । यिनै दुई टिम नेपाल र समाओबीचको खेलसँगै आज शुक्रबार छनोट प्रतियोगिता सकिंदैछ ।


नेपालसामु समाओलाई हराएर छनोटको च्याम्पियन हुने अवसर छ । आज दुई खेल छन् । पहिलो खेलमा ओमान र जापान भिड्ने छन् । नेपालसँगै ओमान र यूएई विश्वकपका लागि छनोट भइसकेका छन् । समाओविरुद्धको खेलमा नेपालको एउटै उद्देश्य हुनेछ, जितसँगै प्रतियोगिताको सुखद अन्त्य गर्ने ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →