← समाचारमा फर्कनुस्
Cricket Jun 04, 2024 · Swadesh

टी२० विश्वकपः नेपाल र नेदरल्यान्ड्स खेल्दै

टी२० विश्वकपः नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं । आइसिसी टी२० विश्वकपअन्तर्गत नेपालले पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ।

डलासको ग्रान्ड प्रायरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट सुरु हुने छ। नेपाली टोली एक दशकपछि टी२० विश्वकप फर्किएको छ। दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन्।

यी दुई टोलीबीच हालसम्म १२ टी२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन्। नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ। एक खेलको नतिजा आएको छैन।

सन् २०२१ मा भने दुई टोलीबीच ६ वटा खेल भएका छन् र दुवैले तीन–तीन खेल जितेका छन्। टी२० विश्वकपमा दुवै टोली पहिलो पटक भिड्दैछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →