← समाचारमा फर्कनुस्
Football Sep 04, 2024 · Swadesh

पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ। 

दक्षिण एसियाली फुटबल महासंघ ९साफ०ले काठमाडौंमा आयोजना हुने सो प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरेको हो। 

नेपाल र भुटान रहेको समूहमा श्रीलंका र माल्दिभ्स पनि छन्। नेपाल र भुटानबीचको खेल अक्टोबर १८ मा हुनेछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ५स्३० बजे सुरु हुनेछ। 

नेपालले दोस्रो खेल अक्टोबर २१ मा माल्दिभ्स र समूहचरणको अन्तिम खेल अक्टोबर २४ मा श्रीलंकासँग खेल्नेछ। नेपाल साबिकको उपविजेतासमेत हो।

अर्को समूहमा भने साबिक विजेता बंगलादेशसँगै भारत र पाकिस्तान छन्। पाकिस्तानले अक्टोबर १७ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। हरेक समूहमा रहेका चार टोली सेमिफाइनल प्रवेश गर्नेछन्।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →