यु–१९ एसिया कप : नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं । युएईमा आयोजना हुने यु–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ।
एसियान क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने उक्त प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ। जसमा नेपालले पहिलो खेलमा श्रीलंकाको सामना गर्ने भएको छ।
एसिसीले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार मंसिर १४ देखि २३ गतेसम्म हुनेछ।
नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्नेछ। नेपालले अन्तिम खेलमा मंसिर १८ मा अफगानिस्तानको सामना गर्नेछ।
प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन्। एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए। गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूह विभाजनमा नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्। हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |