← समाचारमा फर्कनुस्
हङकङ सिक्सेस : नेपालले प्लेट सेमिफाइनलमा युएईसँग खेल्ने

काठमाडौँ । हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको नेपालले प्लेट सेमिफाइनलमा युएईसँग खेल्ने भएको छ।
श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपालले पाँच ओभरमा सबै विकेट गुमाए ८३ रन मात्रै बनाएपछि नेपाल पराजित भएको थियो।
नेपालले अब प्लेट सेमिफाइनल खेलमा युएईसँग आइतबार खेल्ने भएको हो। युएई बंगलादेशसँग १८ रनले पराजित भएपछि नेपालसँगको भेट पक्का गरेको हो। यी दुई टोलीबीचको खेल बिहान ८:०५ बजे हुनेछ।
नेपालले समुह चरणमा इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गर्दै समुह विजेता हुँदै क्वाटरफाइनलमा पुगेको थियो। नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो भने अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |