← समाचारमा फर्कनुस्
नेपालले फोर नेसन्स कप नखेल्ने

काठमाडौं । नेपालले लेबनानमा हुने भनिएको फोर नेसन्स कप नखेल्ने भएको छ।
आयोजक लेबनान फुटबल संघले प्रतियोगिताको तालिका गरिसकेको थियो। तर, असुरक्षित रहेको भन्दै नेपालले सहभागिता नजनाउने भएको हो।
'अहिले युद्धलगायत अन्य कुरा लेबनानमा भइरहेकोले अन्य देश पनि नजाने भएपछि हामी पनि नजाने भएका हौं। यद्यपि, हामीले आधिकारिक रुपमा पत्र लेखेका छैनौं,' अखिल नेपाल फुटबल संघ एन्फा स्रोतले भन्यो।
यस अघि वंगलादेशले पनि नजाने निर्णय गरेको थियो।
नेपालले प्रतियोगिताको पहिलो खेल जोर्डनमा त्रिपोली अन्तर्राष्ट्रिय फुटबल मैदानमा असार २६ गते खेल्ने तालिका थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |