← समाचारमा फर्कनुस्
Cricket Jun 17, 2024 · Swadesh

नेपाल सामू बंगलादेश १०६ रनमा अलआउट

नेपाल सामू बंगलादेश १०६ रनमा अलआउट

काठमाडौं । आइसीसी टी२० विश्वकपमा बंगलादेशलाई नेपालले १०६ रनको अलआउट गरेको छ।

नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध सानदार बलिङ प्रदर्शन गर्यो। नेपालले बंगलादेशलाई १९.३ ओभरमा १०६ रनमा अलआउट गरेको हो।

बंगलादेशका लागि साकिब अल हसनले २२ बलमा १७ तथा जाकर अलिले १२ रन बनाए। महमदुल्लाहले १३ रन बनाउँदा ओपनर लिन्टन दासले १० रन बनाए।

नेपालका लागि सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान दुई दुई विकेट लिए।

यसै खेलमा नेपालका सन्दीप लामिछानेले टी२० आईमा १०० विकेट पूरा गरेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →