← समाचारमा फर्कनुस्
Football Nov 22, 2023 · Nepalsports

विश्वकप छनोट : नेपालको लगातार दोस्रो हार

विश्वकप छनोट : नेपालको लगातार दोस्रो हार

फिफा विश्वकप र एएफसी एशियन कप संयुक्त छनोटको दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपाल यमनसँग २-० गोलअन्तरले पराजित भएको हो। नेपाल पहिलो खेलमा यूएईसँग ४-० गोलअन्तरले पराजित भएको थियो। यमनको जितमा अब्दुल्लाह अल-दाही र मोहम्मद अल-दाहीले गोल गरे।

पहिलो हाफमा दुवै टोलीले मुभ बनाउन नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो। तर, पहिलो हाफको शुरूआतमै यमनले अग्रता लिने मौका गुमायो। अहमद माहिरले डिबक्स भित्रबाट गरेको प्रहार आकासियो। त्यसको दुई मिनेट पछिनै जिलेस्पीजंग कार्कीको पासमा दिनेश हेम्जनले गरेको प्रहार यमनी गोलरक्षक अल-साडीको हात सिधैँ पुगेको थियो।

५०औँ मिनेटमा अब्दुल्लाह अल-दाहीले डिबक्सनजिकबाट गरेको प्रहारलाई नेपाली गोलरक्षक किरणकुमार चेन्जोङले बचाए। दाहीले अब्दुल सबारहासँगको मूभ बनाउँदै उक्त बल प्रहार गरेका थिए।

६१औँ मिनेटमा नेपालले अग्रता लिने अर्को मौका गुमायो। हाम्जा मोहम्मद सबाहले गोलरक्षक अल-साडीलाई ब्याक पास दिएका थिए। तर, उनले बल क्लिअर गर्ने क्रममा हिसुब थपलियाले नियन्त्रणमा लिएका थिए। उनले उक्त बल एक्लै अगाडी बढाउँदै डिबक्सभित्र पुर्‍याएपनि प्रहार गर्नुपूर्व नै गोलरक्षक अल-साडी बाधक बने। 

६५औँ मिनेटमा अल- खादर सलिमको गोलमार्फत यमनले अग्रता लिएपनि मान्यता पाएन। अल-दाही र अहमद माहिरको मुभमा सलिमले बललाई प्रहार गर्दै जाली चुमाएका थिए। तर, लाइसमेनले अफ साइडको झन्डा उठाइदिए। 

७१औँ मिनेटमा यमनले अल-दाहीको गोलमार्फत अग्रता लियो। माहिरले दिएको बललाई नियन्त्रणमा लिँदै उनले आधा दर्जन नेपाली डिफेन्डरलाई छक्याएर डिबक्स बाहिरबाट गरेको प्रहार गोलरक्षक किरणले ठम्याउन सकेनन्। ८७औँ मिनेटमा नासिर अहमदले गरेको शक्तिशाली प्रहार गोलरक्षक किरणले पञ्च गरेर बचाइदिए। उनले माहिरको पासमा डिबक्स नजिकबाट उक्त बल प्रहार गरेका थिए। 

दोस्रो हाफ सकिनै लाग्दा यमनले अग्रता दोब्बर बनायो। गोलरक्षक किरण अगाडी बढेको अवस्थामा सलिम अल-मारीले डिफेन्स लाइनबाट दिएको बललाई मोहम्मद अल-दाहीले डिबक्स भित्रबाट दोस्रो बारमा सुन्दर गोल गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →