← समाचारमा फर्कनुस्
Cricket Nov 03, 2024 · Swadesh

अमेरिकासँग नेपाल ३७ रनले पराजित

अमेरिकासँग नेपाल ३७ रनले पराजित

काठमाडौं । आईसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोली अमेरिकासँग नेपाल ३७ रनले पराजित भएको छ। 

अमेरिकाले नेपाललाई २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन मात्रै बनाउन सक्यो। यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

नेपालको लागि ओपनर अनिल साहले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडे। कुशल भुर्तेल २९, कुशल मल्ल ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए। यस्तै अर्का ओपनर आसिफ शेखलाई ६ रनमा आउट भए।

सोमपाल कामी ४६, दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए।

यता अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक ४ विकेट लिए। नोष्थुश केंजिगे र साड्ली भान शाक्ली दुई दुई तथा जसदीप सिंह र हरमीत सिंहले एक एक विकेट लिए।

 त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएपछि नेपालले २८२ रनको लक्ष्य पाएको थियो। 

अमेरिकाको लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रनको अर्धशतकीय पारि खेले। यस्तै कप्तान मोनांक पटेलले ६७ रन बनाउँदा हरमिट सिंहले ५९ रनको बनाए। आरोन जोन्स २६ रनमा आउट हुँदा सञ्जय कृष्णमूर्तिले १५ रनको योगदान दिए। 

यता, बलिङतर्फ नेपालका लागि गुलसन झाले तीन तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए। कुशल भुर्तेलको नाममा एक विकेट रह्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →