← समाचारमा फर्कनुस्
Cricket Nov 03, 2024 · Swadesh

हङकङ सिक्सेस : नेपाल युएईसँग पराजित

हङकङ सिक्सेस : नेपाल युएईसँग पराजित

काठमाडौँ । हङकङ सिक्सेस अन्तर्गत प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको छ।

नेपालले दिएको ९५ रनको लक्ष्य पाएको युएईले ५‍‍.२ ओभरमा एक विकेटको क्षतिमा ९६ रन बनाउँदै लक्ष्य पुरा गर्यो।

युएईको जितमा कप्तान आशिफ खानले ५५ रनको अर्धशतकीय पारी खेले। नेपालका लागि रासिद खानलले एक विकेट लिए।

यो पराजयसँगै नेपालले प्लेट सेमिफाइनलबाट बाहिरिएको छ भने युएईले अब प्लेट फाइनलमा साउथ अफ्रिकाको सामना गर्नेछ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा तीन विकेट गुमाएर ९४ रन बनाएपछि युएईले ९५ रनको लक्ष्य पाएको थियो। 

ब्याटिङतर्फ नेपालका लागि बिबेक यादवले १६ बलमा तीच चौका र पाँच छक्का प्रहार गर्दै ४९ रनको योग्दान दिए। यस्तै लोकेश बम १९ रनमा आउट हुँदा प्रतिश जिसी १४ रनमा अविजित रहे।

क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको थियो भने युएई बंगलादेशसँग १८ रनले पराजित भएको हो। 

नेपालले समुह चरणमा इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गर्दै समुह विजेता हुँदै क्वाटरफाइनलमा पुगेको थियो। नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो भने अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →