← समाचारमा फर्कनुस्
Cricket Sep 19, 2024 · Swadesh

गुलसनको अलराउन्ड प्रदर्शनका बाबजुत नेपाल ओमानसँग पराजित

गुलसनको अलराउन्ड प्रदर्शनका बाबजुत नेपाल ओमानसँग पराजित

काठमाडौं । युवा अलराउन्ड गुलसन झाको उच्च प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ओमानसँग पराजित भएको छ। 

क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भएको हो। 

नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो। 

ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा सर्वाधिक ४१ रन बनाएका थिए। 

ओमानका अर्का ओपनर कश्यप प्रजापतीले ५२ बलमा ३६ रन जोडे।  

कप्तान अकिब इल्यमसलाई ओमानले तेस्रो विकेटका रुपमा गुमाएको थियो। इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन्। प्रतिक अथाभाले र सोयब खानले समान २६ तथा खलिद कैलले १७ रन जोडे। 

नेपालका लागि गुलसन झाले १० ओभरमा ४७ रन खर्चिएर ५ विकेट लिए। करण केसीले २ तथा आरिफ शेख र सन्दीप लामिछानेले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलसन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहितले ७२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ६० रन जोडे। झाले ३५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५३ रन बनाएका थिए।

३१ बनाउदा ३ विकेट गुमाएर संकटमा परेको नेपालका लागि कप्तान रोहित र आरिफ शेख मिलेर चौथो विकेटका लागि ८३ रनको महत्वपुर्ण साझेदारी गरे। आरिफले ८८ बलमा ३५ रन बनाउँदै आउट भए।

सोमपाल कामी ८ बलमा २० रनमा आउट हुँदा सन्दीप लामिछाने ११ रनमा नट आउट रहे। 

ओमानका लागि फैयज बट, अकिब इल्यास र कलिमुल्लाहले समान २ तथा सोयब खान र सकिल अहमदले समान १ विकेट लिए। 

जितसँगै ओमान ५ खेलमा ५ अंकका साथ छटौं स्थानमा छ। पराजित नेपालको ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ।

जारी त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ। 

यसअघि गत मंगलवार भएको पहिलो खेलमा पनि नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको थियो। नेपाल क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →