नेपालको फराकिलो हार

काठमाडौ। अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिज अन्तर्गत आफ्नाे पहिलाे खेलमा नेपाल नर्दर्न टेरिटोरी (एनटी) स्ट्राइकसँग फराकिलाे हार ब्यहोरेकोछ।
नर्दर्नले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्याे।
नेपालका कुशल मल्लले सर्वाधिक ३४ रन बनाए। २६ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे। गुल्शनकुमार झाले १० बलमा दुई चौका र दुई छक्कासहित २६ रन बनाए। कप्तान रोहितकुमार पौडेल २३, दीपेन्द्रसिंह ऐरी १९ र आशिफ शेख ११ रनमा आउट भए।
नर्दर्न टोरिटोरीका म्याट ह्यामन्डले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले एक मेडनसहित तीन विकेट लिए। केन रिचर्डसनले २ विकेट लिँदा थोमस एन्ड्रयुज र हामिश मार्टिनको नाममा समान एक विकेट रह्यो।
त्यसअघि पहिले ब्याटिङ थालेकाे नर्दर्नले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएपछि नेपालले १७८ रनकाे लक्ष्य पाएकाे हाे।
खेल डार्विनको मरारा क्रिकेट ग्राउण्ड–२ टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिए।
सहाब आलमले दुई विकेट हात पारे। रुपेशुकमार सिंह, दीपेन्द्रसिंह एैरी र कप्तान रोहित पौडेलले एक विकेट लिए।
यस्तै नर्दर्न टेरिटोरीका डार्सी सर्टले अर्धशतकीय पारी खेले। उनलाई ३४ बलमा ५१ रन बनाएपछि सन्दीपले बाेल्ड आउट गरे। यसैगरी थोम एन्ड्रयुले अविजित ३३, जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ र कप्तान जेक वेदराल्डले ११ रन बनाए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |