TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Feb 08, 2026 · Swadesh

इंग्ल्यान्डसँग नेपालको सांघुरो हार

इंग्ल्यान्डसँग नेपालको सांघुरो हार

नेपालले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को समूह सी को आफ्नो पहिलो खेलमा दुई पल्टको च्याम्पियन इंग्ल्यान्डसँग चार रनको सांघुरो हार बेहोरेको छ । मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा नेपालले जितका लागि प्राप्त १ सय ८५ रनको लक्ष्यसामु नेपालले छ विकेटमा १ सय ८० रन मात्र बनाउन सक्यो । नेपाललाई अन्तिम बलमा जितका लागि छ रन चाहिएको थियो ।


तर लोकेश बमले अन्तिम बलमा एक रन मात्र बनाउन सके । सुरुमा दीपेन्द्रसिंह ऐरी ४४ रन बनाएर साम करनको बलमा आउट भए । उनले २९ बलमा छ चौका र एक छक्का प्रहार गरे । लगतै कप्तान रोहित पौडेल ३९ रन बनाएर आउट भए । उनले भने ३४ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । ओपनरमध्ये कुशल भर्तेलले २९ र आसिफ सेखले सात रन बनाए ।


त्यस अगाडि इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दैसात विकेट गुमाएर १ सय ८४ रन बनाएको हो । उसका लागि ज्याकोब बेथल र कप्तान ह्यारी ब्रुक्सले अर्धशतक बनाए । बेथलले ३५ बलमा ५५ रन बनाए र त्यसमा चार चौका तथा चार छक्का सामेल थियो । यस्तै ब्रुक्सले ३२ बलमा ५३ रन जोडे । उनले चार चौका र तीन छक्का प्रहार गरे । नेपाली बलरमध्ये नन्दन यादव र दीपेन्द्रसिंह ऐरले दुई दुई विकेट लिए । यस्तै डेब्यु गरिरहेका शेर मल्लले एक विकेट लिए र यो उनको पहिलो बलमै प्राप्त भएको थियो । सन्दीप लामिछानेले पनि एक विकेट लिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →