← समाचारमा फर्कनुस्
Cricket Nov 01, 2025 · Swadesh

अमेरिकासँग फेरि नेपालको हार

अमेरिकासँग फेरि नेपालको हार

काठमाडौं । युएईमा जारी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।


दुबईमा जारी सिरिजमा लगातार तेस्रो हार बेहोर्ने क्रममा नेपाल अमेरिकासँग ४ विकेटले पराजित हुन पुग्यो। नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।


अमेरिकाका लागि साइतेजा मुककामल्ला तथा मिलान्द कुमारले अर्धशतकीय इनिङ खेले। साइतेजाले १ सय १ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ७५ रन जोडे। मिलान्द ६६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ७० रनमा आउट भए। चौथो विकेटका लागि २ बीचमा १२३ रनको महत्वपूर्ण साझेदारी गरे।


ओपनर शायन जाहाँगिर ३६, कप्तान मोनांक पटेल २१ तथा शुभम रञ्जने १९ रनमा आउट भए। नेपालका लागि सन्दीप लामिछानेले ३ तथा नन्दन यादव र गुलशन झाले समान १ विकेट लिए।


त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम ओभरमा सबै विकेट गुमाएर २७१ रनको योगफल तयार गर्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →