थाइल्यान्डसँग नेपाल पराजित

काठमाडौं। थाइल्यान्डले त्रिकोणत्मक टी–२० आई शृंखलामा दोस्रो जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा थाइल्यान्डले घरेलु टोली नेपाललाई चार विकेटले पराजित गरेको हो।
नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्यान्डले अन्तिम ६ बलअघि ६ विकेट गुमाउँदै भेट्टायो।
थाइल्यान्डको जितमा नानापाटले अविजित ६० रनको योगदान दिइन्। ५८ बल खेलेकी उनले ६ चौका प्रहार गरिन्। उनको यो लगातार दोस्रो अर्धशतक हो। नेदरल्यान्ड्ससँग शुक्रबार भएको पहिलो खेलमा पनि उनले ५८ बल खेल्दै ५ चौकासहित अविजित ५६ रन बनाएकी थिइन्। उनी नै प्लेयर अफ द म्याच घोषित भइन्।
सुवानान खिएटोले १४ र कप्तान नारुइमोल चाइवाइले १३ रन बनाइन् । अन्यको प्रदर्शन भने राम्रो हुन सकेन। नेपालकी मनीषा उपाध्यायले सर्वाधिक दुई विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०१ रन बनाएको थियो।
जितसँगै थाइल्यान्डले दुई खेलबाट चार अंक पुर्याएको छ। थाइल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको थियो। नेपाल भने अंकविहीन छ। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |