नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौं। आइसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ।
त्रिवि क्रिकेट रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमै दुई विकेट गुमाएर पूरा गर्यो।
थाइल्यान्डको जितमा नाथकन चान्थमले सर्वाधिक ४८ रनको योगदान दिइन्। उनले ३७ बलमा ७ चौका र एक छक्का प्रहार गरिन्। यस्तै, नान्नापत कोन्चारोएनकाईले ३२ तथा अपिसारा सुवान्चोनरथीले २८ रन बनाइन्।
नेपालका लागि बलिङतर्फ सिता रानाले दुई विकेट लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो। नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। उनले ५६ बलमा ६ चौका प्रहार गरिन्। अर्की ओपनर सोनु खड्काले २६ रनको योगदान दिइन्।
रुविना क्षेत्रीले १७ र उपकप्तान पूजा महतोले १२ रन बनाउँदा अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्। थाइल्यान्डका लागि थिपाचा पुथावोङले सर्वाधिक ४ विकेट हात पारिन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women