← समाचारमा फर्कनुस्
Cricket Jun 09, 2025 · Swadesh

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं। आईसीसी विश्वकप लिग-२ को खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ।

स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाल २ रनले पराजित भएको हो। ३२४ रनको लक्ष्य पछ्याएको नेपाल ५०औं ओभरको अन्तिम बलमा ३२१ रनमा अल आउट भएको हो। यो नै नेपालले ओडिआईमा बनाएको सर्वाधिक रन हो। यसअघि ओमानविरुद्ध सन् २०२३ मा नेपालले ३१० रन बनाएको थियो।

नेपालका लागि भीम सार्कीले ८५ बलमा ८ चौकाको सहयोगमा ७३ रनको अर्धशतकीय इनिङ खेले। आरिफ शेखले ५५ बलमा ५ चौकाको सहयोगमा ३९ रनमा आउट भए।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे। सोमपाल कामीले ४४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६७ रनमा आउट भए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनाएको थियो।

स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले। बेरिङ्टनले १ सय १४ बलमा ६ चौका र ४ छक्कासहित १ सय २ रनको योगदान गरे। बेरिङ्टन ४८औं ओभरको तेस्रो बलमा गुलशन झाबाट रन आउट भए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →