त्रिकोणात्मक टी–२० शृङ्खलमा नेपालको लगातार तेस्रो हार

काठमाडौं । त्रिकोणात्मक टी–२० आई महिला शृङ्खलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ।
त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ।
नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँद १२५ रन मात्रै बनाउन सक्यो।
नेपालको लागि कप्तान इन्दू बर्माले सर्वाधिक ३० रन बनाइन्। त्यस्तै, ओपनर सम्झना खड्गा २३, पूजा महतो १८, कविता जोशी १४ रन बनाउँदै आउट भइन्। त्यस्तै, नेपालकी रुबिना क्षेत्री र बिन्दू रावल शून्य रनमै समेटिए। अलिश यादव ५ रन बनाउँदै मैदान फर्किन्।
नेदरल्यान्डको लागि आइरिस, हिथर सिगरस तथा क्यारोलिन डि ले समान दुई दुई विकेट लिए। त्यस्तै, इभा लिन्च र इसाबेल भानले समान १/१ विकेट लिईन्।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारत २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो।
यसअघि नेपाल नेदरल्यान्ड्सँग २० रनले पराजित भएको थियो। त्यस्तै, थाइल्यान्डसँग नेपाल ४ विकेटले पराजय भएको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |