नेपाल नामिबियासंग पराजित

आईसीसी क्रिकेट वर्ल्ड कप लिग टू अन्तर्गत आज भएको नामिबियाविरुद्धको खेलमा नेपालले ४ विकेटले पराजित भएको छ। नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३१.५ ओभरमा ६ विकेट गुमाउदै जित हात पारे।
जान फ्राईलिकले सर्वाधिक ३४ रन बनाएका थिए। उनले ५३ बलमा ४ चौका प्रहार गरेको थियो। मिकायल भान लिनगेनले ३३ बलमा ३ चौका प्रहार गर्दै २३ रन बनाएका थिए। निकोलास डाभिनले १६ बलमा २ चौका सहित १५ रन बनाउदै आउट भएका थियो। जान निकोलले ३१ बलमा ५ चौका प्रहार गर्दै ३१ रन बनाए। जेजे स्मिट अविजित रहदै बलमा ४ चौका प्रहार गरदै रन बनाए। रूविन ट्रम्पलमान अविजित रहदै १ रन बनाए।
नेपालका लागि सोमपाल कामीले ७ ओभरमा ३२रन खर्चेर ३ विकेट लिएको थियो भने ललित राजवंशीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिएको थियो। कप्तान रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए।
यस अधि कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले ४१ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र बनायो ।
जेहार्ड इरास्मसले घातक बलिङ गर्दै ५ विकेट लिएपछि नेपालको ब्याटिङ लाईन धरासायी बनेको थियो । नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाए ।
ओपनर कुशल भुर्तेल डगआउट भए। आसिफ शेख ४ रन बनाएर पोविलियन फर्किए । अनिल साह ८ रनमा आउट हुँदा कप्तान रोहित पौडेल एक रन बनाएर बोल्ड भए ।
सम्हालिएर ब्याटिङ गरेका भिम सार्की ४४ रनमा आउट भए । कुशल मल्ल १५, सोमपाल कामी २, गुलसन झा २१, पवन सरार्फ १२ र करन केसी १६ रनमा आउट भए ।
जेहार्ड इरास्मसले ५ विकेट लिएको खेलमा रुबेन ट्रम्पेलमेन र याक ब्रोसेलले समान २ तथा जान निकोलले एक विकेट हात पारे ।
क्रिकेट वर्ल्ड कप लिग टूको पहिलो खेल नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो । नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्याण्ड्ससँग लिग टूका समान दुई दुई खेल खेल्नेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |