← समाचारमा फर्कनुस्
Cricket May 13, 2025 · Swadesh

नेपाल हङकङसँग सात विकेटले पराजित

नेपाल हङकङसँग सात विकेटले पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ।

मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको हो।

नेपालले दिएको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी रहँदा तीन विकेट गुमाएर पूरा गरेको हो।

हङकङका शान्जिन शहजादले अविजित रहँदै सर्वाधिक १५ रन बनाइन्। १२ बल खेलेकी उनले एक छक्का प्रहार गरिन्।

मारिको हिल ११ रनमा आउट भइन्। नेपालकी कविता कुँवरले दुई विकेट लिइन्। १.३ ओभर बलिङ गरेकी उनले पाँच रन खर्चिइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रन बनायो। वर्षाका कारण खेल पाँच ओभरमा खेलाइएको थियो।

नेपालकी सम्झना खड्काले सर्वाधिक १० रन बनाइन्। सात बल खेलेकी उनले एक चौका प्रहार गरिन्।

कप्तान इन्दु बर्माले अविजित रहेर ९ रन बनाइन्। पूजा महतो तीन, कविता कुँवर दुई रनमा आउट हुँदा रुविना क्षेत्री बेलबासे चार रनमा अविजित रहिन्।

हङकङकी मेई बाई सियुले तीन विकेट लिइन्। दुई ओभर बलिङ गरेकी उनले ११ रन खर्चिइन्।

जितसँगै हङकङ समूह सी को शीर्ष स्थानमा उक्लिएको छ। हङकङको तीन खेलबाट चार अंक छ। नेपालको भने समान खेलबाट तीन अंक छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →