← समाचारमा फर्कनुस्
Cricket Dec 01, 2024 · Swadesh

एसिया कप : नेपालको लगातार दोस्रो हार

एसिया कप : नेपालको लगातार दोस्रो हार

काठमाडौं । यूएईमा जारी यु–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ।

दुबई इन्टरनेशनल क्रिकैट स्टेडियममा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो।

नेपालले दिएको १४२ रनको सामानय लक्ष्य बंगलादेशले २८‍.४ ओभरमा भरमा पाँच विकेट गुमाएर पूरा गर्यो।

बंगलादेशको जितमा लागि जवाज अबरारले सर्वाधिक ५९ रन बनाए। कप्तान मोहम्म्द हाकिम तमिमल ५१ रन बनाए भने मोहम्मद फरिरदले १३ रन बनाए।ण्

यता, नेपालका लागि युवराज खत्रीले चार र कप्तान हेमन्त धामीले एक विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४५।४ ओभरमा सबै विकेट गुमाएर १४१ रनमा समेटिएको थियो। 

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए। विकेट किपर उतम मगरले २९ रन बनाउँदा अभिषेक तिवारीले पनि २९ रन बनाएका थिए। 

बंगालदेशको लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई विकेट लिए।

यसअघि पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो। यो सँग नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना सकिएको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →