← समाचारमा फर्कनुस्
अन्तिम खेलमा नेपाल पराजित, सिरिज नेपलसे जित्यो

काठमाडौँ। नेपाल वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी-२० आई सिरिजको अन्तिम खेल पराजित भएको छ।
मंगलबार राति सम्पन्न खेलमा वेस्ट इन्डिज १० विकेटले विजयी भएको हो।
नेपालले दिएको १२३ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पुरा गर्यो।
वेस्ट इण्डिजको जितमा ओपनर अमिर जाङ्गुले सर्वाधिक ७४ रनको योगदान दिए। उनले ४५ बलमा अविजित ७४ रन बनाएका हुन्। यस्तै, अकिम अगस्टेले अविजित ४१ रन बनाए।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९.५ ओभरमा अल आउट हुँदै १२२ रन बनाएको थियो।
योसँगै नेपालले सिरिज २-१ ले जितेको छ। नेपालले पहिलो खेलमा १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |