नेपालको ट्वान्टी–२० अभियानको सुरुवातमै निराशाजनक हार

अस्ट्रेलियामा जारी ‘स्टडी एनटी टप एन्ड टी–२० सिरिज’ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकसँग ८ विकेटको करारी हार बेहोरेको छ। डार्विनको डीएक्ससी एरिनामा भएको प्रतिस्पर्धात्मक सोमवार रात्रिकालीन खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो। जवाफमा नर्दर्न टेरिटोरी स्ट्राइकले १५ ओभरमा २ विकेट गुमाएर १२३ रन बनाई सहज जित निकाल्यो।
नेपालको सुरुवात अत्यन्तै खराब रह्यो। ओपनर कुशल भुर्तेल ५ बलमा ० रनमा आउट भए। त्यसपछि त्रितराज दास ९ बलमा १३ रन, अनिल कुमार साह ९ बलमा १४ रन र कुशल मल्ल १५ बलना ९ रनले केही सम्हालिए पनि नेपालले निरन्तर विकेट गुमाउँदै गयो। पवन सर्राफले सर्वाधिक ४१ रनको संयमित खेले, भने नारायण जोशीले ८ बलमा १५ रनको तीव्र इनिङ खेले। तर, सो बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।
नेपालका लागि ह्यामिस मार्टिन घातक साबित भए, जसले ४ ओभरमा ३ विकेट लिए। टम मेन्जिज, विलियम ब्लेयर र साम बार्करले एक–एक विकेट लिए।
जवाफमा नर्दर्न टेरिटोरी स्ट्राइकका ब्याट्सम्यानहरूले लक्ष्य सहजै पूरा गरे। डोभट्जी हुगेनबोजमले ३७ बलमा ४ चौका, १ छक्का प्रहार गर्दै अर्धशतकीय पारी खेले भने जोर्डन सिक्लले २८ बलमा २ चौका, २ छक्का प्रहार गर्दै ४२ रन बनाए। कप्तान सर्टले १८ बलमा २३ रन बनाएर साथ दिए।
यस हारसँगै टप एन्ड टी–२० सिरिजको अंक तालिकामा नेपालले २ अंक गुमाएको छ भने नर्दर्न टेरिटोरी स्ट्राइकले पूर्ण २ अंक प्राप्त गरेको छ। नेपालको नेट रनरेट –२.१ रहेको छ। सिरिजमा नेपालले आज बंगलादेश हाई परफर्मेन्स सॅंग २ः३० बजे खेल्ने तालिका रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |