← समाचारमा फर्कनुस्
Cricket Jan 30, 2025 · Swadesh

त्रिकोणात्मक टी-२० सिरिज : नेपाल २० रनले पराजित

त्रिकोणात्मक टी-२० सिरिज : नेपाल २० रनले पराजित

काठमाडौं। घरेलु टोली नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ। 

नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो।

नेपालकी ओपनर सीता रानामगरले सर्वाधिक २८ रन बनाइन्। ४५ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। कविता जैशी २७, पूजा महतो २४ रनमा आउट भइन्। 

तल्लोक्रमका बिन्दु रावल तीन र अलियाकुमारी यादव चार रनमा अविजित रहिन्।

नेदरल्यान्ड्सका क्यारोलिन डि ल्याङ्गे  र इभा लिन्चले समान दुई विकेट लिइन्। सिल्भर सिजर्स र आइरिस ज्विलिङको नाममा समान एक विकेट रह्यो। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पाहुना टोलीले चार विकेट गुमाउँदै १५७ रन बनाएको थियो।

रोबिन रिज्केले सर्वाधिक ५९ रन बनाइन्। ४८ बल खेलेकी उनले आठ चौका प्रहार गरिन्। स्टेर कालिस २९, हेदर सिगर्स २३ रनमा आउट हुँदा आइरिस ज्विलिङले अविजित ३१ रनको इनिङ्स खेले। उनले १३ बलमा पाँच चौका प्रहार गरेका हुन्। 

नेपालका कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता रानामगरले समान एक विकेट लिइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →