नेपाल नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित

नेपाल त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ ।
टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो ।
नेदरल्याण्ड्सका वेन डेर मेर्वेले अन्तिम ओभरमा दुई विकेट लिएपछि नेपालले नमिठो हार ब्यहोरेको हो ।
अन्तिम ओभरमा नेपालका करन केसी रन आउट भएका थिए भने दीपेन्द्र सिंह ऐरी बोल्ड हुन पुगेका थिए ।
दीपेन्द्रले ६३ रनको शानदार इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । कप्तान रोहित पौडेलले ५० रनको योगदान गरे ।
कुशल भर्तेल शुन्य रनमाआउट भएको थियो । आरिफ शेख र कप्तान रोहितल ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।
कुशल मल्ले ११ र सन्दीप जोराले ८ रन बनाए । सोमपाल कामी शुन्य रनमा आउट हुदाँ करन केसीले ११ रन बनाए । गुलसन झा र प्रतिश जिसी शुन्य रनमा अविजित रहे ।
त्यसअघि कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।
नेदरल्याण्ड्सका माइकल लेविटले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दै नेदरल्याण्ड्सलाई शानदार सुरुवात दिलाएका थिए । अर्का ओपनर मेक्स ओडाड ४ रनमा आउट भए । साइब्रान्ड एनगेलब्रेक्टले अविजित ४९ रनको योगदान दिए । कप्तान स्कट एडवर्डस ३३ रनमा आउट भए। तेजा निदामानुरुले ३१ रन बनाए ।
स्कट र तेजा दुवै रन आउट भए । उनी दुवैलाई आसिफ शेखले आउट गरे ।
नेपालका करन केसी र कुशल मल्लले समान एक एक विकेट लिए ।
सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । आईसीसी विश्वकप लिग टू खेल्न नेपाल आएका नामिबिया र नेदरल्याण्ड्सलाई समावेश गर्दै नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक टी ट्वान्टी सिरिज आयोजना गरेको हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |