← समाचारमा फर्कनुस्
Cricket Aug 22, 2025 · Swadesh

नेपाल एक रनले पराजित

नेपाल एक रनले पराजित

काठमाडौं, अस्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजकाे आफ्नाे अन्तिम खेलमा नेपाली राष्ट्रिय टोली पाकिस्तान शाहीन्ससँग पराजित भएको छ ।


डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा शुक्रबार सम्पन्न खेलमा नेपाल एक रनले पराजित भएकाे हाे। 


पाकिस्तानले प्रस्तुत गरेको १४५ रनको लक्ष्य नेपालले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १४३ रनमात्रै बनाउन सक्यो ।


नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४४ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५२ रन बनाए । यसैगरी दीपेन्द्रसिंह ऐरीले ४१, आसिफ शेखले २७ र लोकेश बमले १० रन बनाए ।


पाकिस्तानका लागि मोहम्मद वासिम र फैसल अक्ररमले समान दुई तथा मोहम्मद सलमानले एक विकेट लिए ।


त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो ।


याे चौथो पराजयसँगै ६ खेलमा चार अंक जोडेको नेपाल प्रतियोगिताबाट बाहरिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →