← समाचारमा फर्कनुस्
Cricket Apr 13, 2025 · Swadesh

फाइनलमा नेपाल कुवेतसँग पराजित

फाइनलमा नेपाल कुवेतसँग पराजित

काठमाडौं चारदेशिय टी–२० सिरिजको फाइनल खेलमा नेपाल ३ रनले पराजित भएको छ।

आइतबार सम्पन्न खेलमा कुवेतले नेपालमाथि तीन रनको रोमाञ्चक जित हात पारेको हो।

टी–२० मा कुवेतले पहिलोपल्ट नेपाललाई पराजित गर्न सफल भएको हो। यसअघि भएका दुवै भेटमा नेपालले कुवेतलाई ६ र ७ विकेटले पराजित गर्दै आफ्नो दबदबा कायम राखेको थियो। तर, नेपालले उक्त लयलाई निरन्तरता दिन नसक्दा लज्जास्पद हार बेहोर्न बाध्य भएको हो।

कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो। नेपालका बसिर अहमद र नन्दन यादवबाहेक अन्य कुनै ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

बसिरले सर्वाधिक ८० रन बनाए। ४३ बल खेलेका उनले आठ चौका र चार छक्का प्रहार गरे। नन्दनले १४ बलमा दुई चौका र चार छक्कासहित ३७ रन बनाए। यी दुईबीच नवौं विकेटका लागि ७३ रनको विशाल साझेदारी भएको थियो। योसँगै नेपाल जितनजिक पुगिसकेको थियो। तर, अन्तिम तीन बलमा तीन रन चाहिएको अवस्थामा क्लिन्टो एन्टोबाट बसिर क्याच हुन पुगे।

कुवेतका अनुदीप चेन्थमाराले सर्वाधिक तीन विकेट लिए। २.३ ओभर बलिङ गरेका उनले १८ रन खर्चिए। यसिन पटेल र नवीनराज राजेन्द्रनले समान दुई विकेट लिँदा मोहमद असलमको नाममा एक विकेट रह्यो।

त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रनको योगफल तयार पारेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →