← समाचारमा फर्कनुस्
Cricket Sep 23, 2024 · Swadesh

क्यानडासँग दोस्रो खेलमा पनि नेपाल पराजित

क्यानडासँग दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग फेरि पराजित भएको छ। 

क्यानडामा जारी एक दिवसीय सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो। अब यो सिरिजको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्ने छ।

सोमबार विहान सकिएको खेलमा घरेलु टोली क्यनडाले नेपाललाई ५ विकेटले पराजित गरेको हो। 

टस जितेर पहिला ब्याटिङ गरेको नेपालको सुरुआत भने विर्सन लायक रह्यो। नेपाली टिम ४६.१ ओभरमा १८१ रन बनाएर अलआउट भयो । कुनै समय ८७ रन बनाउँदा ७ विकेट गुमाएको नेपालको पारिलाई गुलसन झा, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले १५० माथिको स्कोरमा लगेका थिए ।

टिमको स्कोर ८ रन हुँदा आशिफ शेख १२ बलमा २ रन बनाउँदै आउट भएका थिए । त्यसपछि भीम सार्की ४ रन बनाएर आउट हुँदा नेपालको स्कोर २–२० रहेको थियो । 

अर्जुन साउद तेस्रो विकेटको रुपमा १० रन बनाएर आउट हुँदा नेपालको स्कोर ३–२० नै रह्यो । टिमको खातामा थप १० रन थपिएपछि कप्तान रोहित पौडेल ४ रन बनाएर रन आउट भए । पाँचौं विकेटको रुपमा अनिल साह आउट हुँदा नेपालको स्कोर १२ ओभरमा ५–३६ भएको थियो । अनिल साह १ रनमा आउट भएका थिए ।

त्यसपछि आरिफ शेख र गुलसन झाले पारि सम्हाल्ने प्रयास गरेका थिए । आरिफ सातौं विकेटको रुपमा ७० रनको स्कोरमा आउट भए । आरिपफले १० रन बनाए । खेलाडी आउने जाने क्रम चलिरहेका बेला गुल्सनले भने ३० प्लसको ब्यक्तिगत स्कोर गरे । उनी ५६ बलमा ३४ रन बनाएर आउट भएका थिए । उनले समान दुई चौका र छक्का प्रहार गरे । 

गुलसन पछि सोमपाल कामी र सन्दीप लामिछाने मिलेर नेपालको  स्कोर १०० कटाए । टिमको स्कोर १४२ रन हुँदा सोमपाल आठौं विकेटको रुपमा पभेलियन फर्किए ।  सोमपाल २१ रन बनाएर आउट भएका थिए । त्यसपछि सन्दीप र करण केसीले टिमलाई अघि बढाए । सन्दीप लामिछानले ४८ बलमा ४९ रनको पारि खेलेर आउट भए । १ रनले अर्धशतक बनाउन असफल भएका थिए । सन्दीपले आफ्नो पारिमा १ छक्का र ५ चौका प्रहार गरे ।  

४६.१ ओभरमा करण केसी अन्तिम विकेटको रुपमा पभेलियन पर्किएपछि नेपालको पारि १८१ रनमा समेटियो । करणले २८ बलमा २४ रन बनाएका थिए । नेपालको पारि ध्वस्त बनाउँदा क्यानडाका कलिम सानाले ३ विकेट लिँदा डिलोन हेलिगर र हर्ष ठाकरले दुई दुई विकेट लिए ।

जवाफमा१ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै जीत दर्ता गर्न सफल भयो । क्यानडाका ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भए पनि अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गर्दै जित नजिक लगेका थिए । धालिवालले सर्वाधिक ८७ रन बनाउँदा १ सय १३ बल फेस गरे । खेल अवधिभर उनले ८ चौका र ४ छक्का प्रहार गरे । यसैगरी प्रगतले ८३ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाए । हर्ष ठाकरले १३ रन जोडेका थिए । निकोलस र्कितनले ११ रनको नटआउट पारि खेले । नेपाल सन्दीप लामिछानेले २ विकेट लिँदा करण केसी, गुलशन झा र ललित राजवंशीले एक एक विकेट लिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →