← समाचारमा फर्कनुस्
Cricket Sep 17, 2024 · Swadesh

क्यानडासँग नेपाल १०३ रनले पराजित

क्यानडासँग नेपाल १०३ रनले पराजित

काठमाडौं । आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ।

क्यानडाले दिएको २५४ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपाली टोली ४०.१ ओभरमा सवै विकेट गुमाएर १५० रनमा समेटियो। 

नेपालका करण कसेसीले सर्वाधिक २७ रन बनाउँदा सन्दीप लामिछानेले २२ रन बनाए। यसैगरी आशिफ शेखले २० रन जोडदा भीम सार्कीले १८ रनको योगदान गरे। गुलसन झाले १५ रन बनाउँदा कुशल मल्लको ब्याटबाट १२ रन बन्यो। 

ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन जोडे। यसैगरी दीपेन्द्रसिंह ऐरीले ८ तथा सोमपाल कामीले ६ रन बनाउँदा ललित राजवंशी २३ बल खेल्दै खाता नखोली नटआउट रहे।

नेपालको ब्याटिङ ध्वस्त बनाउँदा डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए। यस्तै, अखिल कुमार र अन्स पटेलले दुई दुई विकेट लिँदा साद बिन जाफरले एक विकेट लिए।

त्यसअघि किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ थालेको थियो। निर्धारित ५० ओभरमा क्यानडाले ८ विकेट गुमाएर २५३ रन बनाएपछि नेपालले २५४ रनको लक्ष्य पाएको थियो ।

क्यानडाका कप्तान निकोलश किर्तनले ४४ बलमा ७३ रनको आक्रामक पारि खेलेका थिए। नटआउट रहेका उनले ६ छक्का र ३ चौका प्रहार गरे। 

यसैगरी नभनित धालिवालले ४८ रन बनाउँदा डेलिन हेलिगेरले ३० रन जोडे। यसैगरी हर्ष ठाकरले २७ रन बनाएका थिए। नेपालका सोमपाल कामी र ललित राजवंशीले दुई दुई विकेट लिए । यसैगरी  सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक एक विकेट लिए।

जितसँगै क्यानडा अहिले ९ खेल खेल्दा ५ मा जित र ४ खेलमा हारसहित १० अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ। यता नेपाल भने ५ खेल खल्दा ४ मा हार र १ मा जितका साथ २ अंक बनाएर तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →