नेपाल १०६ रनले पराजित

काठमाडौं। आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पाँचौ सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।
युएईमा आइतबार सम्पन्न खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो। यो हरासँगै नेपालको १७ खेलमाबाट १२ अंक छ। अमेरिका भने ३० अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमा अलआउट भयो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४०, आरिफ शेख ३७, भीम सार्की २९, आरिफ शेखले २० र सोमपाल कामीले ११ रन बनाए। रोहित पौडेल, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र कुशल भुर्तेलले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपाललाई सस्तैमा अलआउट गर्नेक्रममा हरमित सिंहले ६ विकेट लिए। शुभम रन्जानेले २ र रुशिल उगरकरले एक विकेट लिए। यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २६२ रनको योगफल तयार पारेको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |