← समाचारमा फर्कनुस्
Football Jun 07, 2024 · Swadesh

युएईसँग नेपाल ४-० गोल अन्तरले पराजित

युएईसँग नेपाल ४-० गोल अन्तरले पराजित

काठमाडौँ । नेपाल यूएईसँग पराजित भएको छ। 

विश्वकप छनोट तथा एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा साउदी अरबको दमामस्थित  प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको हो।

पहिलो चरणको खेलमा पनि नेपाल युएईसँग ४-० गोल अन्तरले नै पराजित भएको थियो। जितसँगै समूह एचको शीर्ष स्थानमा रहेको युएईले पाँच खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको छ। 

बहराइन १० अंकसहित दोस्रो, यमन तेस्रो र नेपाल पुछारमा रहेको छ। यमनको चार अंक छ भने नेपाल अंकविहीन छ।

यूएईको जितमा अब्दुल्ला सुहेलले दुई अली सालेह र हाजेम मोहम्मद अबुल्लाह अब्बासले समान एक एक गोल गरे। 

पहिलो हाफमा २-०ले पछि परेको नेपालले दोस्रो हाफमा पनि समान दुई गोल ब्यहोरेको हो। 

नेपालले पहिलो गोल खेलको १२औँ मिनेटमा गोल खाएको थियो। हरिब अब्दुल्ला सुहेलले खेलको १२ र १४औं मिनेटमा गोल गरेका थिए।

त्यसपछि नेपालले ५३औँ मिनेटमा गोल ब्यहोरेको थियो। अलीले गोल गर्दै यूएईका लागि ३-० को अग्रता दिलाए। 

७५औँ मिनेटमा हाजेमले गोल गरेपछि यूएईले खेलमा ४-० को जित हासिल गर्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →