नेपाल बंगलादेशसंग पराजित

आइसिसी यु-१९ विश्वकप अन्तर्गत नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको छ ।बंगलादेशले नेपाललाई पाँच विकेटले पराजित गरेको हो।
दक्षिण अप्रिकाको माङ्गाउगं ओभलमा बुधबार नेपालले बंगलादेशलाई १ सय ७० रनको लक्ष्य दिएको थियो र उक्त लक्ष्य २५.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो।
बंगलादेशका लागि अरिफुल स्लामले ३८ बलमा सात चौका र दुई छक्काको प्रहार गर्दै अविजित ५९ रन बनाए। यसैगरी जिसम अलामले ४३ बलमा ६ चौका र दुई छक्काको मद्दतले ५५, उस्हिकुर शिब्लीले १६, चोद्हुर रिजवानले १५ र अहर्र अमिनले १० रन बनाए ।
पहिलो विकेटका लागि जिसन र एस्हिकुरले ६७ रनको साझेदारी गरे । नेपालका लागि पाँचै विकेट सुवास भण्डारीले ४४ रन खर्चिएर लिएको थियो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले एक बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ६९ रनको बनाएको थियो ।
नेपालका लागि विशालविक्रम केसीले सय बलमा ६ चौको मद्दतले सर्वाधिक ४८ रन बनाए । यसैगरी कप्तान देव खनालले ३५, सुवास भण्डारीले अविजित १८ र अर्जुन कुमालले १४ रन बनाए ।
बंगलादेशका लागि रहमत ब्रोसनले ८.५ ओभरमा १९ रन खर्चिएर चार विकेट लिए । यसैगरी शेख परवेज जीवनले तीन तथा इक्वाल इमोन र मारुफ मृदले समान एक विकेट लिए ।
अब नेपालले शुक्रबार भारतको सामना गर्नेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |