← समाचारमा फर्कनुस्
श्रीलंका ‘ए’ सँग नेपाल ७३ रनले पराजित

काठमाडौं। टी–२० विश्वकप तयारी अन्तर्गतको वार्मअप खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार घरेलु टोली श्रीलंका ‘ए’ सँग नेपाल ७३ रनले पराजित भयो।
२२३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन मात्र बनाउन सक्यो। करण केसीले ४१ रनको संघर्षपूर्ण इनिङ्स खेले। लोकेश बम २५ र रोहित पौडेल १८ रन बनाए पनि जित दिलाउन सकेनन्।
यसअघि श्रीलंका ‘ए’ ले ५ विकेट गुमाएर २२२ रन बनाएको थियो। लाहिरु उदाराले ९३ र सहन आराच्चिगेले अविजित ५५ रन जोडे। नेपालका कुशल भुर्तेलले २ विकेट लिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |