← समाचारमा फर्कनुस्
अन्तिम खेलमा नेपाल विजयी

काठमाडौं । वुमेन्स डे कप टी-२० आई सिरिजमा नेपालले हङकङविरुद्ध ६ विकेटले जित हात पारेको छ।
जितसँगै फाइनल पुग्ने सम्भावना समाप्त भएको नेपालले सिरिजमा यसअघि खेलेका ६ मध्ये ४ खेलमा हार बेहोरे र २ खेलमा जित हासिल गरेको छ।
यसअघि हङकङले नेपालविरुद्धको पहिलो खेलमा भने २ रनको जित निकालेको थियो।
हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाए लक्ष्य पूरा गर्यो।
नेपालको जितमा ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रनको पारी खेलिन्। पूजा महतो २० तथा कप्तान इन्दु बर्मा १८ रन बनाइन्।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको थियो
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |