← समाचारमा फर्कनुस्
नेपाल त्रिदेशीय टी-२० को फाइनलमा

काठमाडौं-हङकङलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
शनिबार सिरिजको तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो।
हङकङका यानशे रथले सर्वाधिक ४५ रन बनाए।
बाबर हायातले २० तथा अजिज खानले २५ रन बनाए।
बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले २/२ तथा दीपेन्द्रसिंह ऐरी र प्रतिस जिसीले १/१ विकेट लिए।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाएको थियो।
अब नेपालले आफ्नो अन्तिम खेल सोमबार यूएईसँग खेल्नेछ । अब यूएई र हङकङले आइतबार र बुधबार एक आपसमा खेल्नेछन् ।
फाइनल शुक्रबार हुनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |