← समाचारमा फर्कनुस्
Cricket Oct 09, 2025 · Swadesh

एक खेल अगावै नेपाल सुपर सिक्समा

एक खेल अगावै नेपाल सुपर सिक्समा

काठमाडौं। नेपाल एक खेलअगाबै आईसीसी टी–२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेको छ।


जापानले कुवेतलाई बुधबार ५ विकेटले पराजित गरेसँगै नेपालले सुपर सिक्समा स्थान बनाएको हो।समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो।


नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ। जापान भने दोस्रो स्थानमा छ। यद्यपि, जापान पनि सुपर सिक्समा प्रवेश गरिसकेको छ।


लगातार दुई हार बेहोरेको कुवेत भने समूह चरणबाट बाहिरिएको छ।


अब नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार जापानसँग खेल्नेछ। यही खेलले समूहको विजेता टुंगो लगाउने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →