← समाचारमा फर्कनुस्
Cricket Sep 26, 2026 · Swadesh

नेपाल क्वाटर फाइनलमा

नेपाल क्वाटर फाइनलमा

जापानमा जारी २० औं एसियाली खेलकुदको पुरुष क्रिकेट (टी– २०) मा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र जापानबीच समूह ‘ए’ को खेल वर्षाका कारण रद्ध भएपछि दुवै टोलीले समान १–१ अंक बाढेका थिए । पहिलो खेलमा अफ्गानिस्तानलाई ५ विकेटले पराजित गरेको नेपाल ३ अंकसाथ समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।

नेपालले सेप्टेम्बर २९ तारिखमा श्रीलंकासंग क्वाटरफाइनल खेल्ने छ । पानी परेर केही समय ढिलो सुरु भएको खेलमा टस जितेर जापानले नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । 

नेपालले सुरुवाती ब्याटिङमा निकै उत्कृष्ट प्रर्दशन गरेको थियो । नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । सुदिप जोरा ३२ बलमा ५७ तथा लोकेश बम २२ बलमा ५२ रनमा अविजित रहे । आसिफ शेखले २१ रन बनाए । पहिलो इनिङ सकिना साथ पानी परेकाले आजको खेल रद्ध गर्दै दुवै टिमलाई अंक बाढीएको थियो । जस कारण नेपाल समूह बिजेता बन्दै क्वाटर फाइनल प्रवेश गरेको हो । 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →