← समाचारमा फर्कनुस्
Cricket Jul 03, 2025 · Swadesh

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं। घरेलु टोली मलेसियालाई हराउँदै साविक विजेता नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ।

बिहिबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको हो।

मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५९ रनमा अविजित रहे।

शिवान्श बजगाईं २२ बलमा ५ चौकाको सहयोगमा २३ रन बनाउँदै अविजित रहे। ओपनरका रुपमा मैदानमा आएका प्रसिद्ध जैसी २ रनमा आउट भए। मलेसियाका लागि नागिनिश्वरमले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो।

मलेसियाका मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन बनाए। कप्तान डिज पार्तो ३२ बलमा १० रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका अभय यादवले ४, शुभम खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १ विकेट लिए।

गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →