← समाचारमा फर्कनुस्
साफ यु-२० : नेपाल समूह विजेता

काठमाडौं । बंगलादेशमाथि २-१ गोलको जित निकाल्दै नेपाल साफ-२० च्याम्पियनसिपको समूह विजेता बनेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिवार सम्पन्न खेलमा नेपालीकाे जितका लागि समीर तामाङ र निराजन धामीले गोल गरे। यी दुबई गोल पहिलो हाफमा सम्भव भएको हो।
नेपालले खेलको १७औं मिनेटमा समीर तामाङको गोलमा अग्रता बनाएको हो। त्यसको एक मिनेटपछि पुनः निराजन धामीले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए।
तर, खेलको ४२औं मिनेटमा बंगलादेशले पेनाल्टीको मौका पायो। जसमा मिरजुलले गोल गर्दै खेल २-१ को अबस्थामा ल्याए।
त्यसपछि दोस्रो हाफमा दुबई टिमबाट कुनै पनि गोल हुन सकेन।
जितसँगै समूह ए बाट नेपाल समूह विजेता बन्यो। पराजित बंगलादेश भने उपविजेता बन्यो।
नेपालले अब सेमिफाइनल समूह बी को उपविजेतासँग खेल्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |