← समाचारमा फर्कनुस्
Cricket Jun 15, 2024 · Swadesh

नेपालले पायो ११६ रनको विजयी लक्ष्य

नेपालले पायो ११६ रनको विजयी लक्ष्य

 काठमाडौं । आसीसी टी२० विश्वकप अन्तर्गत नेपालले दक्षिण अफ्रिकाबाट ११६ रनको विजयी लक्ष्य पाएको छ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ४९ बलमा ४३ तथा ट्रिस्टन स्टब्सले १८ बलमा २७ रन बनाए। कप्तान ऐडन मारकमले २२ बलमा १५ तथा क्विटन डि ककले १० रन बनाए।

नेपालका लागि कुशल भुर्तेलले चार तथा दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →