← समाचारमा फर्कनुस्
Cricket Jul 29, 2026 · Swadesh

नेदरल्यान्ड्सले नेपाललाई दियो २२६ रनको लक्ष्य

नेदरल्यान्ड्सले नेपाललाई दियो २२६ रनको लक्ष्य

काठमाडौं। करण केसीको उत्कृष्ट बलिङको मद्दतमा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सलाई २२५ रनमा समेट्दै २२६ रनको विजयी लक्ष्य पाएको छ।

नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२५ रन बनायो। उसका लागि नोआ क्रोसले सर्वाधिक ७० रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ५७ रनको योगदान दिए। लोगन भान बिकले २७, जाक लायन–क्यासेटले १६, बास डे लिडेले १३ तथा म्याक्स ओ'डाउडले १२ रन जोडे।

नेपालका करण केसीले १० ओभरमा २ मेडनसहित ३० रन खर्चेर ४ विकेट लिए। ललित राजवंशीले १० ओभरमा ३२ रन खर्चेर १ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा ३० रन दिएर २ विकेट हात पारे। हेमन्त धामीले १ विकेट लिए भने नेपालले एक विकेट रनआउटका रूपमा प्राप्त गरेको थियो।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले सुरुआतमै दबाब सिर्जना गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →