← समाचारमा फर्कनुस्
नेपालले पायो १७८ रनको लक्ष्य

काठमाडौं। अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकबाट १७८ रनकाे विजयी लक्ष्य पाएकाे छ।
टेरिटोरीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएपछि नेपालले १७८ रनकाे लक्ष्य पाएकाे हाे।
डार्विनको मरारा क्रिकेट ग्राउण्ड–२ टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिए।
सहाब आलमले दुई विकेट हात पारे। रुपेशुकमार सिंह, दीपेन्द्रसिंह एैरी र रोहित पौडेलले एक विकेट लिए।
यस्तै नर्दर्न टेरिटोरीका डार्सी सर्टले अर्धशतकीय पारी खेले। सन्दीपबाट बाेल्ड आउट हुनुअघि उनले ३४ बलमा ५१ रन बनाएका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |