← समाचारमा फर्कनुस्
नेपालले पायो ११६ रनको लक्ष्य

काठमाडौं । एसिसी महिला टी२० एसिया कप क्रिकेटको पहिलो खेलमा युएईले नेपाललाई जितको लागि ११६ रनको लक्ष्य दिएको छ।
रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशाला टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको हो।युएईका खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। ३९ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। रिथिका राजित ६ र लावन्या केनी २ रनमा अविजित रहिन्।
कविशा इगोडागो २२, समाइरा धरनिधर्क १३ र कप्तान इशा रोहित ओजाले १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १९ रन खर्चिइन्। कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक विकेट लिइन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |