← समाचारमा फर्कनुस्
Cricket Nov 05, 2025 · Swadesh

युएईलाई नेपालले दियो २४० रनको लक्ष्य

युएईलाई नेपालले दियो २४० रनको लक्ष्य

काठमाडौं। विश्वकप लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले जितका लागि घरेलु टोलीलाई २ सय ४० रनको लक्ष्य दिएको छ।


युएईमा रहेको आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको योगफल तयार गर्यो।


नेपालका लागि भीम सार्कीले ६८ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ४८ रन जोडे। पहिलो विकेट ४ रनमै गुमाएर संकटमा परेको नेपालका लागि दोस्रो विकेटका लागि भीम र आसिफले राम्रो साझेदारी दिलाएका थिए।


भीम र आसिफले ७४ रनको साझेदारी गरेका थिए । आसिफले ४८ बलमा ४ चौकाको सहयोगमा ३४ रन जोडेका थिए । त्यसपछि नेपालले सस्तैमा तीन विकेट गुमायो । पाँचौ विकेटका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ४९ रनको साझेदारीले टिमलाई केही स्थिरता दिए ।


उपकप्तान दीपेन्द ४३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३७ रनमा आउट हुँदा आरिफ शेख ५४ बलमा ३० रनमा आउट भए । लगातार विकेट गुमाएर संकटमा पुगेको नेपालका लागि नवौं विकेटका लागि सन्दीप लामिछाने र कुशल मल्लले राम्रो साझेदारी गरे । कुशल ५१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४६ रनमा आउट हुदाँ सन्दीपसँग मिलेर ४२ रनको साझेदारी गरे । सन्दीप १५ रनमा नट आउट रहे ।


ओपनर कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल समान २ तथा करण केसी रनको खाता नै नखोली आउट भए । युएईका लागि जुनैद सिद्धिकी र धुव्र परासरले समान २ तथा मोहम्मद जगदुल्लाह र जाहिद अलिले समान १ विकेट लिए । नेपालका २ ब्याटर रन आउट हुन पुगे । ८ राष्ट्र सहभागी लिग टु मा युएई पुछार र नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।


सिरिजमा यसअघिका सबै खेल हारेको नेपाल सान्त्वना जितका साथ यात्रा समाप्त गर्ने लक्ष्यमा छ । उता, अमेरिकासँग दुवै खेलमा पराजित युएईले पहिलो भेटमा नेपाललाई हराएकोमा त्यो लयलाई निरन्तरता दिन चाहान्छ ।


लिगमा सहभागी सबै देशले समान ३६ खेल खेल्नेछन् । भने, प्रतियोगिताको शीर्ष ४ मा पर्ने देशले सिधै सन् २०२७ मा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउँने छन् । लिग टु को पुछारमा रहने ४ देशले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउँनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →