← समाचारमा फर्कनुस्
नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

काठमाडौं । नेपालले घरेलु टोली अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ।
अमेरिकाविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो।
नेपालका लागि कुशल भुर्तेलले आक्रमक पारी खेले। उनले ५४ बलको सामना गर्दै ६ छक्का र ७ चौकाको मद्यतमा ९२ रनको बनाए।
ओपनर अनिलकुमार शाह २५, गुलसन झा १९ तथा कप्तान रोहितकुमार पौडेलले १८ रन बनाएर आउट भए। भने करण केसी ६ रनमा अविजित रहे।
यस्तै, अर्को ओपनर आसिफ शेखले एक रन, दीपेन्द्रसिंह ऐरी दुई, आसिप शेख एक रन मात्रै बनाउन सके।
जसदीप सिंह र नोस्थस केन्जीगेले २(२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए।
यसअघि पहिलो टी–२० सिरिजमा नेपालले अेमिरकालाई १७ रनले पराजित गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |