← समाचारमा फर्कनुस्
Cricket Oct 19, 2023 · Nepalsports

एसीसी यू–१९ कपः नेपालले साउदीलाई दियो ३४८ रनको लक्ष्य

एसीसी यू–१९ कपः नेपालले साउदीलाई दियो ३४८ रनको लक्ष्य

काठमाडौं– नेपालले मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ। 

आज युएसडी–युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको प्रदर्शनमा अंकको ठूलो स्कोर बनाएको हो।

 नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्त्वपूर्ण योगदान गरे भने भने ओपनिङमा आएका दीपक बोहराले २९ रन बनाए।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई÷दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक/एक विकेट लिए। 

समूह ‘ए’मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई÷दुई खेल जितेका छन्।

समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →