अमेरिकालाई २७२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई २७२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको हो। नेपालका लागि दीपेन्द्रले सर्वाधिक ७५ रन बनाए। ६७ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे।
करण केसीले ३१ बलमा २ चौका र ३ छक्कासहित ४९ रनको इनिङ्स खेले। ओपनर कुशल भुर्तेल ४७, भीम सार्की ४३ र कप्तान रोहितकुमार पौडेल ३६ रनमा आउट भए।
अमेरिकाका लागि हर्मित सिंहले ३, नोस्तुश केन्जिके र सौरभ नेत्रभाल्कर समान २ तथा जसदिप सिंह र शुभम रञ्जनेले समान १ विकेट लिए। दुवै देश सिरिजमा आफ्नो तेस्रो खेल खेल्दैछन्। नेपाल पहिलो दुई खेलमा नै पराजित हुँदा अमेरिका भने अपराजित छ।
पहिलो भेटमा नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित नेपाल जितको लयमा फर्कन चाहन्छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |