← समाचारमा फर्कनुस्
Cricket Nov 05, 2023 · Nepalsports

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

कार्तिक १९ काठमाडौं । कप्तान रोहितकुमार पौडेल र गुलशनकुमार झाको अर्धशतक प्रेरित नेपालले आईसीसी टी२० विश्वकप एशिया छनोट फाइनलमा ओमानलाई १८५ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको हो। 

नेपालका लागि कप्तान रोहितकुमारले सर्वाधिक ५४ रन बनाए। २५ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे। रोहितले योसँगै टी२०आईमा पाँचौँ अर्धशतक पूरा गरेका छन्।  ओमानविरुद्ध उनले ३६ बलमा ५ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए। ३१ जनाअरी २०१९ मा यूएईविरुद्ध डेब्यू गरेका उनले ३३औँ इनिङ्समा पाँचौँ अर्धशतक पूरा गरेका हुन्। उनले यसअघि मलेसिया, मंगोलिया, माल्दिभ्स र यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए।

करण केसी ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →