← समाचारमा फर्कनुस्
Cricket Dec 08, 2023 · Nepalsports

नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

काठमाडौँ । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । 

दुबईस्थित आईसीसी एकेडेमीमा जारी खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ४७.२ ओभरमा अल आउट हुदै १५२ रन बनाएको हो ।

नेपालका लागी उत्तम रंगु थापामगरले अर्धशतक बनाए। उनले ७० बलमा ३ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनी ४०औँ ओभरको पाँचौँ बलमा ५१ बनाएर आउट भए।

त्यस्तै अर्जुन कुमालले २१ रन बनाए, आकाश त्रिपाठीले ६ र कप्तान देव खनालले शुन्य, गुलशन झाले १, बिशाल विक्रम केसीले १ र तिलक भण्डारीले ७ रन बनाए।

पाकिस्तानका लागी बलर मोहमद जीशानले सर्बाधिक ६ विकेट लिए। त्यस्तै आमिर हसनले २ विकेट र उबैद शाह र अलि अस्फान्डले १-१ विकेट लिए ।

नेपाली टिमः देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी र आकाश चन्द

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →