नेपाल जितविहीन हुँदै विश्वकपमाबाट बाहिरियो

काठमाडौं । आइसिसी टी२० विश्वकपमा नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
सोमबार सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपाल जितविहीन भएको हो।
बंगालदेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो।
नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए। दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेख १७ रनमा आउट हुँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बंगलादेशका तनजीम हसन साकिबले सर्वाधिक चार विकेट लिए। मुस्तफिजुर रहमानले तीन, शाकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेटट लिए।
जितसँगै बंगलादेश चार खेलबाट ६ अंक जोड्दै सुपर ‘एट’मा पुगेको छ। बंगलादेशले श्रीलंकालाई दुई विकेट र नेदरल्यान्ड्सलाई २५ रनले पराजित गर्यो। दक्षिण अफ्रिकासँग भने चार रनले पराजित भयो।
नेदरल्यान्ड्ससँग नेपाल ६ विकेट र दक्षिण अफ्रिकासँग एक रनले पराजित भयो। श्रीलंकासँगको खेल वर्षाको कारण रद्द हुँदा नेपालले एक अंक पाएको थियो। यही एक अंकसहित नेपालले विश्वकप अन्त्य गरेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |